Search
Close this search box.
Search
Close this search box.

आइपिएलमा बैंगलोरको शानदार जीत, कोलकाता ८२ रनले पराजित

झापा । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत दर्ता गर्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरा २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि ओपनर शुभमन गिलले सर्वाधिक ३४ रन बनाए । बैंगलोरका क्रिस मोरिस र वासिङटन सुन्दरले २-२ विकेट लिए भने नवदीप सैनी, युजभेन्द्र चहल, मोहम्मद सिराज र इसुरु उडानाले १-१ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा केवल २ विकेट गुमाएर १९४ रन बनाएको थियो । एबी डिभिलियर्सले अविजित ७३ रन बनाए भने एरन फिन्चले ४७ कप्तान विराट कोहलीले ३३ र देवदत्त पडिक्कलले ३२ रन बनाए ।

जीतसँगै ७ खेलबाट १० अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ भने पराजित कोलकाता ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *