Search
Close this search box.
Search
Close this search box.

आइपीएलः राजस्थानका लागि स्टोक्सको शतक, मुम्बई पराजित

अबुधाबी,एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा आइतबार राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्समाथि आठ विकेटको जित निकालेको छ । यो नतिजासँगै ‘प्लेअफ’ छनोटको समीकरण अझ रोमाञ्चक बनेको छ ।

मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट क्षतिमा १ सय ९५ रन जोडेको थियो । जवाफमा राजस्थानले आठ बल बाँकी छँदा दुई विकेटमा १ सय ९६ रन बनाएको हो । विजयी टिमका लागि इंग्लिस अलराउन्डर बेन स्टोक्सले ६० बलमा १ सय ७ रनको सानदार प्रदर्शन गरे । १४ चौका र तीन छक्का प्रहार गरेका उनी नटआउट रहे ।

पराजित मुम्बई अझै पनि १४ अंकसाथ शीर्ष स्थानमा छ । जितपछि राजस्थान १० अंकसहित छैटौं स्थानमा आफ्नो ‘प्लेअफ’ दाबेदारी बलियो गर्न सफल भएको छ ।

यसअघि चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई आठ विकेटले नै हराएको थियो । चेन्नईले १ सय ४६ रनको लक्ष्य १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *