Search
Close this search box.
Search
Close this search box.

आईपीएलः प्लेअफमा पुग्ने हैदराबादको आशा कायमै

दुबई, एजेन्सी । उत्कृष्ट ओपनिङ साझेदारीमा सनराइजर्स हैदराबादले बिहीबार किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावना पुनः ब्युँत्याएको छ ।

हैदराबाद छैटौं खेलमा तेस्रो जित हात पारी तेस्रो स्थानमा उक्लिएको छ । आठमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स ८(८ अंकसहित पहिलो दुई स्थानमा छन् ।

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरको ६–६ नै अंक भए पनि राम्रो रनरेटमा हैदराबादभन्दा तालिकामा तल छन् । पन्जाब ६ खेलमा एक विजयसाथ पुछारमा छ ।वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले ३७ बलमा ७७ रन बनाए पनि २ सय २ रनको लक्ष्य लिएर आएको पन्जाब १६.५ ओभरमै १ सय ३२ रनमा अलआउट भयो ।

अब्दुल समादको एक ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका पूरनले कुल ५ चौका र ७ छक्का प्रहार गरे । रशिद खानले मेडन ओभर फाल्नेक्रममा १५ औं ओभरमा पूरन र मोहम्मद सामीलाई आउट गरे ।पूरनबाहेक दोहोरो स्कोर बनाउनेमा कप्तान केएल राहुल र सिमरन सिंह मात्र थिए । दुबैले समान ११ रन बनाए । ग्लेन म्याक्सवेल ७ रनमा आउट भए । रशिदले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । खलिद अहमद र टी नटराजनले २(२ तथा अभिषेक शर्माले १ विकेट लिए ।

यसअघि कप्तान डेविड वार्नर र जोनी बेरिस्टोले बलियो साझदोरी गरी दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले ६ विकेट गुमाई २ सय १ रन बनाएर विजय आधार तयार पारेको थियोवार्नर र वेरिस्टोले १५ ओभरमा १ सय ६० रन जोडेर हैदराबादलाई सानदार सुरुआत दिलाएका थिए । युवा स्पिनर रवि विष्णोइले १६ औं ओभरमा दुवैलाई आउट गरे । ओभरको पहिलो बलमै वार्नरले म्याक्सवेललाई क्याच दिन पुगे । उनले ४० बलमा ५ चौका र १ छक्कासहित ५२ रन बनाए ।विष्णोइले बेरिस्टोलाई ९७ रनमा एलबीडब्लु आउट गरे । म्यान अफ द म्याच इंग्लिस ब्याट्सम्यान बेरिस्टोले ५५ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे ।

बेरिस्टोले नै विष्णोइलाई एकै ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए । केन विलियम्सन १० बलमा २० रन बनाई अविजित रहे भने अभिषेक शर्माले ६ बलमा १२ रन बनाए । विष्णोइले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अश्रदीप सिंहले २ र सामीले १ विकेट लिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *