Search
Close this search box.
Search
Close this search box.

आईपीएलमा सट्टेबाजी गर्ने ३ जना प्रहरीको फन्दामा

विराटनगर । आईपीएल क्रिकेटमा सट्टेबाजी गर्दै आएका तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिकाबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्वर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट प्रहरीले तीन जना पक्राउ गरेको हो ।

साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद भएको छ ।

नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसअघि असोज १४ गते विराटनगर १५ र १७ बाट तीन जनालाई सट्टेवाजीका क्रममा पक्राउ गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *