Search
Close this search box.
Search
Close this search box.

आगलागीका घटना बढ्न थाले, सतर्कता अपनाऔं

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

सुख्खा मौसम शुरु भएसँगै आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक हुन थालेको छ । केही दिन अगाडि ताप्लेजुङको एउटा बजार नै आगलागीबाट सखाप हुन पुगेको थियो । मानवीय क्षति नभए पनि ठूलो आर्थिक तथा भौतिक क्षति भएको छ । अहिलेसम्म उक्त बजार पुनस्र्थापित हुन सकेको छैन । पूरा बजार नै सखाप भएकाले तत्काल पुनस्र्थापनाको सम्भावना हुने कुरा पनि भएन । अहिले ताप्लेजुङसँग जोडिएका राजधानी उपत्यका सहित देशविदेशमा रहेकाहरुबाट राहत संकलनको काम भइरहेको छ । सरकारी सहयोगको पहल पनि त्यहाँका जनप्रतिनिधिले गरिरहेका छन् । ताप्लेजुङ जस्तो ठूलो क्षति नभएपनि देशका विभिन्न भूभागमा आगलागीका घटना भइरहेका छन् । सानो मात्रामा भएपनि देशभरका विवरण जोड्ने हो भने निकै ठूलो क्षति आगलागीबाट भएको छ ।

आगलागी वर्षेनि हुने, मावनीय संकट निम्त्याउने घटना हुन् । बसिरहेको बस्ती, उद्योग कलकारखाना देखि वनजंगलमा आगलागीबाट ठूलो क्षति हुने गरेको छ । आगलागीले मानवीय क्षति हुने मात्रै नभएर पर्यावरणलाई पनि नराम्रोगरी असर पार्ने गरेको छ । विशेषगरी ठूलो जंगलमा हुने आगलागीबाट त्यहाँका पारिस्थितिक प्रणाली भत्कने गर्दछ । सँगै, प्रदुषणका कारण मौसममा प्रतिकुल प्रभाव पर्ने गरेको छ । जलवायु परिवर्तनको एक प्रमुख घटना पनि आगलागी नै हो । यसले मानवीय स्रोतमा समेत असर गर्नेगरेको छ । बन्य जीवजन्तुले आगलागीबाट ठूलो क्षति बेहोर्नुपर्छ । जबकी, जीवजन्तुले पनि बाँच्न पाउने प्राकृतिक अधिकार हो ।

यसरी मानवीय, पर्यावरणीय र बन्यजन्तुमाथि ठूलो असर गर्ने आगलागीका घटना वर्षेनि हुने गर्छ । तर, पूर्वकार्यमा भने आवश्यक ध्यान पुगेको देखिदैन । स्थानीय सरकार बनेपछि अन्धाधुन्ध विकासे गतिविधि बढिरहेका बेला पनि आगलागी नियन्त्रण र पर्यावरणबारे उचित ध्यान दिइएको छैन । जस्तो कि अहिले अधिकांश स्थानीय सरकारसँग आफ्नै डोजर छ । तर, आगलागी जस्तो प्रकोप नियन्त्रणमा लिन दमकल कमैको चासोमा पर्ने गरेको छ । राजधानी उपत्यकामै पनि आवश्यक दमकलको अभाव छ भने दूरदराज र मोफसलमा यथोचित व्यवस्था हुने कुरै पनि भएन । यसर्थ, पहिलो त आगलागी हुनै नदिनेतर्फ ध्यान दिनुपर्छ । र, सँगै आगलागी भएपछि कसरी नियन्त्रणमा लिने भने आवश्यक तयारी आवश्यक छ । यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *