Search
Close this search box.
Search
Close this search box.

आगलागीमा परेर २ जनाको मृत्यु

काठमाडौं। सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ बस्‍ने संगम निरौलाको घरमा आगलागी हुँदा उनको सात वर्षीय छोरा सुगम निरौला र सोही ठाउँ बस्‍ने सन्देश निरौलाको चार वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१३ कुलेश्वरस्थित दिपक मेटल वर्कशपमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित पसल संचालन गर्दै आएका टोखा नगरपालिका-८ घर भएका ४१ वर्षीय रामहरी रिमालको पुजा समाग्री पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब दुई लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सुनारटोल बस्‍ने ३८ वर्षीय लालबहादुर लगुन सुनारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *