आग्लोले हानेर श्रीमतीको हत्या

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

EPIC EPIC EPIC

डीएसपी सिंहका अनुसार देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *