Search
Close this search box.
Search
Close this search box.

आजको मौसम: पूर्वी नेपालमा न्यून चापीय प्रणालीको प्रभाव

काठमाडौं । देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाँकी भू–भागकाे मौसम आज सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

EPIC EPIC EPIC

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन माैसमविद्ले सचेत गराएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *