आजको मौसम: प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका अधिका‌ंश स्थानमा आज हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने र हल्कादेखि मध्यम वर्षा हुनसक्ने माैसमविद्ले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

आज राति पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *