काठमाडौं । प्रदेश १, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेर बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।