Search
Close this search box.
Search
Close this search box.

आजको मौसम: वर्षा सँगै भारी हिमपातको सम्भावना

काठमाडौं । देशभर आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

यी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातकाे सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने पूर्वानुमान गरिएकाे छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातकाे सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममासमेत रहेकोले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *