आजको मौसम

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

EPIC EPIC EPIC

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *