Search
Close this search box.
Search
Close this search box.

आजको राशिफल: तुला राशि भएका व्यक्तिहरूले यात्रा गर्दा सावधानी अपनाउनु होला

आजको राशिफल

आज २०७८ साल मंसिर १५ गते बुधबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

EPIC EPIC EPIC

धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

साभार: हाम्रो पात्रो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *