मंसिर २० झापा । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलरको खरिद दर एक सय १९ रुपैयाँ ९७ पैसा र बिक्री दर एक सय २० रुपैयाँ ५७ पैसा, युरोपियन युरोको खरिद दर एक सय ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर एक सय ३६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर एक सय ५८ रुपैयाँ ७५ पैसा र बिक्री दर एक सय ५९ रुपैयाँ ५४ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैङ्कले जनाएको छ ।
यस्तै, स्विस फ्रेङ्कको खरिद दर एक सय ३० रुपैयाँ ६९ पैसा र बिक्री दर एक सय ३१ रुपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलरको खरिद ८४ रुपैयाँ बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ भने क्यानेडियन डलरको खरिद दर ९३ रुपैयाँ ४१ पैसा र बिक्री दर ९३ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
यसैगरी, साउदीको रियालको बिक्री दर ३१ रुपैयाँ ९८ पैसा र खरिद दर ३२ रुपैयाँ १४ पैसा छ भने कतारी रियालको बिक्री दर ३२ रुपैयाँ ९४ पैसा, खरिद दर ३३ रुपैयाँ ११ पैसा, युएई दिरामको बिक्री मूल्य ३२ रुपैयाँ ६६ पैसा र खरिद मूल्य ३२ रुपैयाँ ८३ पैसा तोकिएको बैङ्कले जनाएको छ ।