मंसिर १६, झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य कुनै घटबढ नभई ९१ हजार ५०० ले नै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९१ हजार ५०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि स्थिर रही ९१ हजारमा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९१ हजार रहेको थियो ।
चाँदीको मुल्य भने १० रुपैयाले घटेर १ हजार १९० मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २०० रहेको थियो ।