मंसिर १०, झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य २०० रुपैयाले बढेर ९१ हजार ९०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९१ हजार ७०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि २०० रुपैयाले नै बढेर ९१ हजार ४०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९१ हजार २०० रहेको थियो ।
चाँदीको मुल्य भने ५ रुपैयाले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २३० रहेको थियो ।