झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ४०० रुपैयाले बढेर ९४ हजार ४०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९४ हजार रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि ७०० रुपैया ले नै बढेर ९३ हजार ९०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९२ हजार २०० रहेको थियो ।
चाँदी को मुल्य पनि १५ रुपैया ले नै बढेर १ हजार २८५ मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २७० रहेको थियो ।