Search
Close this search box.
Search
Close this search box.

आजदेखि खुलामञ्चमा खाना खुवाउन बन्द

काठमाडौं । आजदेखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाडौंको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।

स्वास्थ्य चुनौती र कोरोना संक्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो । सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाइने छैन ।

असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको महानगरले जनाएको छ । त्यस्तै महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *