काठमाडौं(पालिका सन्देश)- मनसुन आजबाट थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय भएको हो ।
मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।