आजदेखि सिंगटी हाइड्रोको आइपीओ, कतिले पाउलान् ?

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर -आइपीओ निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुलाएको हो।

EPIC

कम्पनीले एक सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। जसमध्ये ५८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।

यसैगरी, कम्पनीको एक लाख ४५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको २६ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउँछन्।

आज चैत ५ गतेदेखि बिक्री खुलाइएको कम्पनीको सेयरमा आवेदन चैत १० गतेसम्ममा र बिक्री नभएमा अवस्थामा चैत २० सम्ममा आवेदन दिन सकिनेछ।

EPIC EPIC EPIC

आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन गर्न सक्छन्। सिंगटी इनर्जीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar