आज इलाम बजार जाँदै रबि लामिछाने

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गृहमन्त्री रवि लामिछाने आज (शनिबार) इलाम बजार जाँदैछन् । 

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार घोषणा गर्न लामिछाने इलाम जान लागेका हुन् । 

EPIC EPIC EPIC

लामिछाने इलाम सदरमुकाम आउनुअघि हिजै उपनिर्वाचन हुनलागेको क्षेत्र २ स्थित लारुम्बा पुगेका छन् । उनले किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग भेट गरेका छन् । 

इलाम बजारमा दिउँसो १ बजे हुने कार्यक्रममा रास्वपाले आफ्ना उम्मेदवार घोषणा गर्ने पार्टीले जनाएको छ ।

रविसँगै पार्टी उपसभापति डा.स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र  बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य  तोसिमा कार्कीलगायत पनि आउने भएका छन् । 

रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाम क्षेत्र २ को उपनिर्वाचन आउँदो वैशाख १५ मा हुँदैछ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *