आज तोलामा एक हजार घट्दा ९ महिनायताकै सस्तो बन्यो सुन, किन घट्दै छ मूल्य ?

काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि ८८ हजार दुई सय रुपैयाँ तोकिएको हो।

EPIC

फागुन २ गते प्रतितोला ९० हजार आठ सय रूपैयाँ रहेको सुनको भाउ आज ९७ गते सम्म दुई हजार छ सय रुपैयाँले घटेर ८८ हजार दुई सय रूपैयाँ कायम भएको छ।

आज तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ८७ हजार सात सय ५० रूपैयाँ कायम भएको छ। यसैगरी चाँदीको मूल्य एक हजार तीन सय ५ रूपैयाँ तोकिएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो छ दिनमा सुनको मूल्य प्रतितोला दुई हजार छ सय रूपैयाँले घटेको छ।

EPIC EPIC EPIC

चालु आर्थिक वर्षको पहिलो महिना ९साउन० मा प्रतितोला एक लाख रूपैयाँभन्दा माथि पुगेको सुनको भाउ विस्तारै ओरालो लागेको छ।

EPIC

किन घट्दै छ सुनको भाउ ?
व्यवसायीहरूका अनुसार कोरोना महामारीका कारण विश्व अर्थतन्त्र ऋणात्मक अवस्थामा जाँदा लगानीका सबै क्षेत्र बन्द थिए। विश्वभर लकडाउन गरिएको अवस्थामा लगानीको अन्य कुनै क्षेत्र नहुँदा लगानीकर्ताले सुनमा लगानी खन्याएका थिए।

विश्वभरका लगानीकर्ताले सुन र सेयर बजारमा लगानी खन्याउँदा यी दुवै क्षेत्रले उच्च कीर्तिमान कायम गरेका थिए। तर, अमेरिकामा जो बाइडेन नयाँ राष्ट्रपतिका रूपमा चुनिएपछि सुनको भाउ ओरालोतर्फ लाग्न थाल्यो।

योसहित विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस कोभिड-१९० विरुद्धको भ्याक्सिन बनेर सार्वजनिक भएपछि लगानीकर्ताको मनोवल उच्च बन्यो र अन्य क्षेत्रमा पनि लगानी बढाउन थाले।

कोभिडले बन्द भएको अन्य क्षेत्रमा लगानीको ढोका खुलेपछि सुनको लगानी विस्तारै झिक्न थालियो। यसका साथै, अमेरिकी राष्ट्रपति बाइडेनले ‘ग्रीन इनर्जी’मा लगानी गर्ने घोषणा गरे।

उनको यस्तो घोषणासँगै अमेरिकी कम्पनी ‘ब्ल्याक रक’ले चार सय ७० मिलियन डलरको सुन बेच्‍ने बताइसकेको छ। ब्ल्याक रकसहित अन्य कम्पनीले पनि आफूले सञ्चित गरेर राखेको सुन बेच्‍न थालेका छन्।

खासगरी सोलार प्रणाली ग्रीन इनर्जीमा लगानी गर्न सुनको आवश्यकता पर्दैन। तर, चाँदीको खपत हुन्छ। सोही कारण पनि सुनको लगानी फिर्ता लिन लागेकाले बजारमा सुन मागभन्दा बढी आपूर्ति भयो।

यही कारण सुनको भाउ दिनदिनै घट्न लागेको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए। उनले सुनको सट्टा अब चाँदीको मूल्य बढ्ने संकेत देखिएको देखापढीलाई बताए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar