काठमाडौं। मेडिकल व्यवसायी एवम् नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई समूहले भोलि चक्काजाम गर्ने भएको छ ।
प्रसाईँविरूद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रसाईँले भोलि देशभर चक्काजाम गर्न उर्दी जारी गर्नुभएको हो ।
महाअभियानले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।