आज नवरात्रको चौथो दिन कुष्माण्डा माताको पुजा गरिदै ।

नवरात्रको चौथो दिन आज शक्तिस्वरुपा देवी कुष्माण्डाको पूजा गरिन्छ सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रह्माण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो,आफ्नो मन्द मुस्कानद्धारा ब्रह्माण्डको उत्पन्‍न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो।

सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो यस्तो अवस्थामा यी देवी कुष्माण्डाले मुसुक्क हाँसेर ब्रह्माण्डको सृष्टि गर्नुभयो पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै देवी कुष्माण्डा हुन्।

EPIC EPIC EPIC

यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुज देवी पनि हो यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ यी देवीलाई कुभिण्डोको बलि अती मनपर्न हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ।

आजको दिन यी देवीको पूजा पाठ,भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने जनविश्वास रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *