आज बडा दसैंको दोस्रो दिन, ब्रम्हचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रोदिन आज आईतबार असौज शुक्ल द्वितीया।

EPIC

नवरात्रिको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रह्मचारिणी हो यी माता दुर्गाको दोस्रो स्वरूप हुन् ब्रह्म शब्दको अर्थ तपस्या हुन्छ यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रह्मचारिणी भनिएको हो।

यी देवीको स्वरूप पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय प्राप्त हुन्छ।

पूर्वजन्ममा जब यिनी हिमालयको घरमा छोरीको रूपमा जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा पाउनको लागि कठिन तपस्या गरेकी थिइन् ,यस्तो कठिन तपस्याको कारण यिनलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले जानिन्छ।

EPIC EPIC EPIC

हजार वर्षसम्म यिनले पानी पनि नखाइकन तपस्या गरेकी थिइन् उनको कठिन तपस्या देखेपछि पितामह ब्रह्माले आकाशवाणीद्वारा ‘भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन्’ भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी साथै आशिर्वाद दिएका थिए र पछि त्यस्तै भयो पनि।।

EPIC

नवरात्र को दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीयाकाे दिन ब्रह्मचारिणीकाे आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्ने शात्रोक्त वचन रहेको छ। ब्रह्मचारीणीको अन्य नाम: तपश्चारिणी पनि हो एवम् भगवतीको मन्त्र: ‘ॐ देवी ब्रह्मचारिण्यै नम:। अथवा ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम: हो।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar