Search
Close this search box.
Search
Close this search box.

आज बाला चतुर्दशी अर्थात सतबीज छर्ने दिन

काठमाडौं। आज मंसिर १५ गते शनिवार अर्थात बाला चतुर्दशी । आजको हिन्दु धर्मवलम्बीले पशुपतिनाथ, झापाको अर्जुनधारा मन्दिरलगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरेर मनाइरहेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइँदैछ ।

EPIC

आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ । मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको गत राति दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पशुपतिनाथ लगायत शिवालयमा पुगेका थिए ।

अहिले बिहानैदेखि लाखौं भक्तजन पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सतबीउ‌ छर्न थालिसकेका छन् ।

आजको दिन पशुपतिनाथ, देवघाटलगायतका ठूला तीर्थाटनहरूमा मेला लागेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *