Search
Close this search box.
Search
Close this search box.

आज बाला चतुर्दशी, पशुपति मन्दिर क्षेत्रमा शतबीज छरिँदै

काठमाडौं। मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ ।

यसअघि आइतबार साँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए । त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन बिहानै नदीमा बत्ती बगाउने परम्परा छ ।

श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनु जस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन् ।  

भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ ।

शतबीज छर्न देशभरका श्रद्धालु पशुपतिनाथ क्षेत्रमा आउने गरेका छन् । अचेल आफ्नो नजिक पर्ने शिवालयमा पनि शतबीज छर्ने चलन छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *