Search
Close this search box.
Search
Close this search box.

आज बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिँदै

काठमाडौं । आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिँदैछन् । आठ सय वर्ष पछि यस्तो दुर्लभ संयोग हुन लागेको हो ।

यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् । आज बेलुका सुर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई नेपालको जुनसुकै ठाउँबाट देख्न सकिने खगोलविदले जनाएका छन् ।

यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने गर्दछ । अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो । यो पटक भने दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिने भएकाले यसलाई दुर्लभ संयोग मानिएको हो ।

यसअघि सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । अब सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *