Search
Close this search box.
Search
Close this search box.

आज मधेसमा जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाईरहेको छ ।

नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं घरका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ ।

त्यस्तै आजका दिनमा खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको संस्कृतिविद्हरु बताउँछन् ।

आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।

यसै अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको राजपत्रमा जुड्शित अर्थात सिरुवा पवनी(पर्व)को अवसरमा विदा दिएको उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *