काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा आज ५ वटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
आज राति सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।