काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पाँच र राती दुई वटा प्रदेशमा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना छ।
राती सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखी अति भारी वर्षाको पनि सम्भावना छ।