आज यी क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसो देशशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

EPIC EPIC EPIC

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ ।

बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाकाे आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *