आज २७औँ भूकम्प सुरक्षा दिवस

काठमाडौं। भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। यस्तै खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने? के नगर्ने? विपद्‌मा कसरी संयमता अपनाउन?  सुरक्षित हुने तरिकाहरू के हुने? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन्। 

EPIC EPIC EPIC

१९९० माघ २ मा सङ्खुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए। २०४५ साल भदौ ५ गते उदयपुर केन्द्र भएर गएको भूकम्पमा ७ सय मानिसले ज्यान गुमाएका थिए।  यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो। 

यस्तै २०८० सालको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको थियो। उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *