Search
Close this search box.
Search
Close this search box.

आज ४ प्रदेशमा मुसलधारे वर्षा: कोशी र मधेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं- आज ४ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यस्तै, भारत मध्यप्रदेशको उत्तरपश्‍चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।

EPIC

आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्‍चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी मधेश, वागमती र गण्डकीका केही ठाउँमा हावाहुरीसहित  भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी र मधेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र मधेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *