Search
Close this search box.
Search
Close this search box.

आठ महिनादेखि बन्द जाउलाखेलस्थित सदर चिडियाखाना खुला

काठमाडौं / कोरोना महामारी शुरु भएसँगै गत चैत सात गतेदेखि बन्द रहेको सदर चिडियाखाना आजवाट खुला भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै ललितपुरको जावलाखेलस्थित चिडियाखाना खुला गरिएको हो ।

अवलोकन गर्न जानेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ ।

भीड नहोस् भनेर चिडियाखानाको वेबसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । एकपटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक भित्र प्रवेश गर्न पाउने चिडियाखानाले जनाएको छ ।

भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने नियम बनाइएको छ । चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव झेल्दै आएको छ ।

जाउलाखेलको चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् । सामान्य अवस्थामा हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *