Search
Close this search box.
Search
Close this search box.

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखि फागुन सम्ममा कार्यालयले २० अर्ब २७ करोड २९ लाख रुपैयाँ राजस्व असुली गरेको हो।

विराटनगर भन्सार कार्यालयले असुली गरेको राजस्व आठ महिनाको लक्षको ६० प्रतिशत हुन आउँछ। ८ महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३३ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ राजस्व असुलीको लक्ष लिएको थियो।

चालु आर्थिक वर्षको सुरु देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले साउन महिनामा सबै भन्दा बढी ८१.५७ र कार्तिक महिनामा सबैभन्दा कम ४७.८१ प्रतिशत राजस्व संकलन गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्क अनुसार विराटनगर भन्सार कार्यालयले फागुन महिनामा ६३.०१ प्रतिशत राजस्व असुली गरेको छ। फागुन महिनाका लागि ४ अर्ब ४० करोड ३५ लाख रुपैयाँ लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ राजस्व असुली गरेको थियाे।

माघ महिनामा लक्षको ६०.८५ प्रतिशत राजस्व संकलन गरेको छ। माघ महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब ३ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा २ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको हाे।

यस्तै पुस महिनामा ५५.५७ प्रतिशत राजस्व असुली गरेको छ। पुस महिनाका लागि ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ राजस्व असुलीको लक्ष पाएको विराटनगर भन्सारले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियाे।

मंसिर महिनाका लागि ४ अर्ब २५ करोड ११ लाख रुपैयाँ लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियाे। जुन  लक्षको ५७.६४ प्रतिशत मात्रै हो।

कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियाे। जुन लक्षको ४७.८१ प्रतिशत हो।

असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन लक्षको ६०.१४ प्रतिशत हो।

भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो। जुन लक्षको ५६.८१ प्रतिशत हो।

साउन महिनामा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१ .५७ प्रतिशत राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ असुली गरेको थियो।

आर्थिक मन्दीका कारण आन्तरिक बजारमा माग नहुँदा आयात घटेको छ। जसका कारण भन्सारको राजस्व पनि प्रभावित बनेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *