बुद्धशान्ति – आदर्श नमूना सामुदायिक वन बुद्धशान्ति झापाले निर्वाचनबाट नयाँ कार्यसमिति पाएको छ ।आईतबार भएको मतदानपश्चात मत गणना गर्दा अध्यक्ष पदमा बसन लिम्बु निर्वाचित भएका छन् । उनले प्रतिश्पर्धी तिलक रिजाल र झलक सुवेदीलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । सुवेदी र रिजालले क्रमश ४५६ र ५७७ मत ल्याएका थिएभने लिम्बुले ८३२ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा खगेन्द्र आचार्य विजयी भएका छन् । उनले अर्का प्रतिश्पर्धी छत्रबहादुर बिष्टलाई ७९ मतले हराएका हुन् । विष्टले ८५० मत प्राप्त गर्दा आचार्यले ९२९ मत प्राप्त गरेका थिए । सचिवमा मीना अधिकारी बिजयी भएकी छिन् । उनले अर्की प्रतिष्पर्धी गंगादेवि प्रसाईंलाई ४९४ मतान्तरले पराजित गरेकी हुन् । अधिकारीले १ हजार १ सय ३७ मत प्राप्त गर्दा प्रसाईले ६४३ मत मात्र प्राप्त गरेकी थिइन् ।
सह सचिव तर्फ खिमप्रसाद आङ्बोले दुर्गा प्रसाद ढुंगेललाई पराजित गरेका छन् । आङ्बोले ८७३ मत प्राप्त गर्दा ढुंगेलले ८५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष तर्फ नविन चापाँगाईलाई १३९ मतअन्तरले पराजीत गर्दै राम बहादुर कार्की बिजयी भएका छन् । नविन चापाँगाईले ७९७ मत प्राप्त गर्दा कार्कीले ९३६ मत प्राप्त गरे ।
लेखा समिति संयोजकमा तर्फ भिमकुमार राईले ८६० मत सावित्रा न्यौपाने लेखा सदस्य ८९४ भव प्रसाद गौतम ८७८ प्राप्त गरि बिजेता भए।
अनुगमन समिति तर्फ अनुगमन संयोजकमा विजय धिमाल १०६८ मत अनुगमन सदस्यमा दिल बहादुर धिमाल ९३५ मत र रंगलाल अधिकारी ८५८ मत ल्याउदै बिजयी भएका छन् । खुल्ला सदस्य तर्फ साविक वडा नम्बर ५ बाट टेक बहादुर मगर २६७ मत ल्याएर विजयी बन्दा महिला सदस्यमा मेनुका आचार्य अधिकारी० २१९ मत ल्याएर विजयी बने ।
यस्तै साविक वडा ९ बाट खुल्ला सदस्य सिताराम चापाँगाई एक्ला प्रतिसपर्धि बन्दा सर्वसम्मत चुनीए । साविक बुधबारे ८ बाट खुल्ला सदस्य तर्फ राजेन्द« खतिवडा २४२ मत , सिताराम बास्तोला ३२५ दिपक भट्टराई २२३ महिला सदस्य तर्फ सोभा खनाल पौडेल २७० मुना खतिवडा २६० मत ल्याएर विजयी बनिन् ।
साविक बुधबारे ७ बाट खुल्ला सदस्यमा गंगा प्रसाद न्यौपाने ३३६ नर बहादुर नेम्बाङ ३४० महिला तर्फ लक्ष्मी भुर्तेल ३८५ सुन कुमारी राई ४२० मतले विजयी भईन् । जम्मा मतदाता संङ्ख्या २५९६ रहकोमा २०४२ मत खसेको छ भने सदर मत २००९ हुँदा बदर मत ३३ रहेको निर्वाचन समिति संयोजक रुद्रप्रसाद चापागाईंले पालिका सन्देशलाई बताएका छन् ।