आन्तरिक पर्यटक प्रवर्द्धनका लागि व्यवसायी देश भ्रमणमा

काठमाडौं। कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्‍नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन्। टुरिस्ट बस एसोसिएसन अफ नेपाल टिवानको नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन्।

EPIC

कोरोना सङ्क्रमणसँगै नेपाल पर्यटन बोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेसन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्‍चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए।

“लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौंबाट लुम्बिनी र बर्दियामा सीधा पर्यटकीय बस सञ्‍चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ,” अध्यक्ष शर्माले भने।

टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा० का महासचिव शिशिर खनाललगायतको सहभागिता रहेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar