Search
Close this search box.
Search
Close this search box.

आमाको दूध नै अमृत, नखोजौं विकल्प !

काठमाडौं। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्तनपान बालबालिकाको स्वास्थ्य र जीवनलाई सुनिश्‍चित गर्ने सबैभन्दा प्रभावकारी तरिकामध्ये एक हो।

तथापि, डब्लूएचओको सिफारिसविपरीत आमाहरूले ६ महिनाभन्दा कम उमेरका आधाभन्दा कम शिशुलाई स्तनपान गराउने गर्छन्। जब कि, शिशु अवस्थाको त्यो उमेर विशेष रूपमा स्तनपान गराउनैपर्ने समय हो।

EPIC

आमाको दूध शिशुहरूका लागि आदर्श भोजन हो। यो सुरक्षित र स्वच्छ हुन्छ। आमाको दूधमा पाइने एन्टीबडीले बचपनका सामान्य बिमारीहरूबाट बचाउन मद्दत पुर्‍याउँछ।

आमाको दूधले शिशुको जीवनका शुरुवाती महिनाहरूका लागि आवश्यक सबै ऊर्जा र पोषक तत्त्व प्रदान गर्छ। यसले पहिलो वर्षको दोस्रो ६ महिनाको दौरान बालबालिकालाई पोषणसम्बन्धी आवश्यकताको आधाभन्दा बढी पूर्ति गर्छ। र, दोस्रो वर्षको दौरान एक तिहाइ आवश्यकता पूरा गर्छ।

नियमित स्तनपान गरिरहेका बालबालिकाले बुद्धि परीक्षणहरूमा बेहत्तर प्रदर्शन गर्छन्। अधिक वजन या मोटोपनको सम्भावना कम हुन्छ। पछि बयस्क अवस्थामा मधुमेह (सुगर रोग) लाग्‍ने सम्भावना पनि कम हुन्छ।

स्तनपान गराउने महिलाहरूमा स्तन र डिम्ब ग्रन्थीको क्यान्सरको जोखिम पनि कम हुन्छ। डब्लूएचओका अनुसार आमाको दूधको विकल्पका नाममा संसारभर स्तनपानको दर र अवधिमा व्यापक विकृति देखिएको छ। र, यसमा पूर्ण सुधारको आवश्यकता देखिएको डब्लूएचओले बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *