‘आर्थिक पारदर्शिता’ मेरो चुनाव जित्ने आधार: अध्यक्षका उम्मेदवार दुर्गा आचार्य

बैशाख ३० गतेको निर्वाचनमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ।
ती मध्येका एक हुन शान्त स्वभावका पुर्व शिक्षक दुर्गा आचार्य।
नेकपा एकीकृत समाजवादी झापा जिल्ला कमिटी सदस्य एवं बुद्धशान्ती इन्चार्ज दुर्गा आचार्य लामो समय शिक्षण पेशामा आवद्ध थिए।
अवकाश प्राप्त शिक्षकलाई गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने कसरी रहर चल्यो भनेर हामिले प्रश्न गरेका छौं।
बिहिवार मध्याह्न पालिकासन्देशको कार्यलयमा उनिसँगको भलाकुसारीको सम्पादित अंश।।

गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिने सोच कसरी बन्यो?

EPIC EPIC EPIC

स्थानिय निकायबाट हुने बिकास निर्माणका काम देखेर दिक्क लाग्यो, खासगरी मेरो टोलमा एउटा नयाँ बाटो निर्माण गर्न ४६ लाख बजेट आयो,३२ लाखमा निर्माण ठेक्का लाग्यो १४ लाख रुपैया खोइ? भनेर सोध्दा घाटा पूर्ति गर्न पालिकामा लगियो भन्ने जवाफ आयो। त्यो देखेर नै परिवर्तन गर्नपर्छ भन्ने लाग्यो र पार्टीसग पनि कुरा मिल्यो, यस्ता समस्याको गर्न भएपनि म उठ्न पर्छ भनेर सोच बनाए।

योजनाहरु के के छन् ?

म आफु ३४ बर्ष शिक्षण पेशा गरेकाले मेरो पहिलो प्राथमिकता शिक्षा क्षेत्रको सुधार नै हो,प्राबिधिक शिक्षा सहितको गरि खान सक्ने गरीको शिक्षाको लागी काम गर्नेछु ।
दोश्रो माटो,पानि र बजार सुहाउदो कृषि कर्ममा सबै पालिकाबासी कृषकहरुलाई उत्प्रेरित गर्दै आवश्यक सहयोग गर्ने योजना छ, बजार नपाएर तरकारी कुहिने वा मूल्य नपाएर निराश हुनुपर्ने अवस्था आउन दिन्न।
तेश्रो अति बिपन्न जसलाई खान,लाउन र आवाशकै धौ-धौ छ, त्यो वर्गलाई रोजगारी र सिपमुलक कार्यक्रम मार्फत समाजमा सबल बनाउने छु।
चौथो नम्बरमा, बुद्धशान्ति ५ को ढकाल गौडा देखि पानिघट्टा सम्मको खोलाकिनारमा रहेको ५० औ बिघाहा जमिनलाई उचित संरक्षण गरेर बजार, बृद्ध चौतारी,खेल मैदान र कार्यालय बनाउछ।
अरु थुप्रै कार्यक्रमहरु छन्, घोषणा पत्र मार्फत पेश गर्नेछु।

२० बर्ष पुगेर विदेश जान लागेको युवालाई रोक्ने तपाइको के कार्यक्रम छ ?

रोजगारी र खेलकुदका क्षेत्रमा काम गरेर युवालाई गाउँमै राख्ने योजना बनाएको छु तर बैदेशिक रोजगारी नगई नहुने अवस्था यदि कसैलाई छ भने भोलिका दिनमा उ जादै गरेको मुलुक, काम बारे सबै विवरण पालिकाले राख्नेछ ताकि केहि समस्या आएमा हामीले समाधान गर्न सकु।

कार्यक्रम त सुनाउनु भयो, आर्थिक श्रोत चाहिँ कसरि जुटाउने?
केन्द्र र प्रदेशबाट आउने बजेट बाहेक स्थानीय कर हरु पनि छन्।

करले जनताको ढाड सेकेको छ, तपाइँ पनि कर बढाउने कुरा गर्नुहुन्छ?
जनतालाई कार्यक्रम दिएर कर लिने होनि। खोला नालामा भएका श्रोतलाइ बैज्ञानिक व्यवस्थापन गरेर कर संकलन गर्दै जनहितमा खर्च गर्नेछु।
श्रोत ब्यवस्थापन बिचौलिया र माफियाको हातमा छ, त्यसलाई नियन्त्रण गर्नेछु।

जित्ने आधार के देख्नु भएको छ?
म आर्थिक रुपमा १ रुपैया हिनामिना नगरेको उम्मेदवार भएकाले पनि मेरो पक्षमा भोट आउनेछ अर्को भनेको उम्मेदवारहरु मध्ये सबै क्षेत्र बुझेको/ भिजेको उम्मेदवार हु। २०२० देखि शान्तिनगरमा बसेर ३४ बर्ष शिक्षा क्षेत्रमा काम गरेको छु,अहिलेको बसाई जयपुर क्षेत्रमा छु भूगोल समेट्ने सबैको साझा उम्मेदवार बन्नेमा दुई मत छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *