Search
Close this search box.
Search
Close this search box.

आहा! जाडो सिजनमा भाक्का, मौषमी व्यापार बढ्दै

दोर्ण अधिकारी

भद्रपुर। जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । हरेक वर्ष झैं यो हिउँद याममा पनि भाक्का खानेको लहर नै देखिन थालेको हो ।

EPIC EPIC EPIC

कुनै रसायन नमिसाइकन धानको पिठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र अडिलो हुनेहुँदा अधिकांश मानिसहरूले यसैलाई बिहानको खाजा र साँझको खानाको रूपमा पनि प्रयोग गर्ने गरेका छन् ।

आदिवासी समुदायका महिलाहरूले बिहान झिसमिसेदेखि नै राजमार्ग किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरूमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर बिक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको बिहानको खाजा हुने गरेको छ । भाक्का बनाउने महिलाहरूको मौषमी व्यापारका रूपमा आय आर्जनको माध्यम पनि बन्ने गरेको छ ।

पूर्वी तराईको लोकप्रिय खाजाको रूपमा रहेको भाक्का विगतमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे । तर अचेल मौषमी व्यापार हुन थालेपछि अन्य समुदायका महिलाले पनि पकाएर बेच्न थालेका छन् । हालसम्म भाक्का पकाउने काममा पुरुषको संलग्नता कतै पनि देखिएको छैन ।

भाक्काको लोकप्रियता बढेपछि मेचे, धिमाल, ताजपुरिया र थारू महिलाहरूले समेत यसको व्यपार थालेका छन् । यसले राष्ट्रियस्तरमा पहिचान पाइसकेका कारण आठ वर्षदेखि निरन्तर प्रत्येक वर्ष पुस २९ गते झापामा भाक्का दिवस मनाउन थालिएको छ । आदिवासी राजवंशी समुदायले आफ्नो मौलिक पहिचानका रूपमा भाक्का दिवस मनाउन थालेपछि यसको व्यापार अझ बढेर गएको व्यवसाय गरिरहेका महिलाहरू बताउने गर्छन् ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा कपडाले बेरेर बाफमा केहिबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का स्वादिलो हुने कारण सबै समुदाय र वर्गका मानिस यस परिकारलाई रूचाएर खाने गर्छन् ।

परम्परागत रूपमा राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का भनिए पनि यसको पहिचानको क्षेत्र बढेसँगै सबै समुदायको साझा परिकार हुँदै जाँदा मौषमी व्यपारसमेत बढ्ने गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *