Search
Close this search box.
Search
Close this search box.

इजरायलमा कार्यरत तेह्रथुमेद्वारा तेह्रथुम अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

तेह्रथुम १६जेठ /ईजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

बैदेशिक रोजगारीको लागि ईजरायलमा रहनु भएका समाजसेबी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर ईजरायलमा रहनु भएका १२ जना तेह्रथुमे हरु देव बास्कोटा, प्रबिन आङबुङ / कमला सेनेहाङ ,लता आङबुङ, तुलसा सुब्बा तुम्बाहाङ्फे, दुर्गा चोङबाङ , प्रतीमा आङबुङ लिम्बु ,जीवन बुढाथोकि जेम्स सेनेहाङ , गिता तुम्बाहाङ्फे नयन इम्सोङ ले १ लाख रुपैँया रकम संकलन गरेर आधादर्जन बढी सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष सिब प्रशाद ढुंगानाले सामाग्री बुझ्दै ईजराईलमा रहनु भएका तेह्रथुमे युवाह्रुलाई काेराेना महामारीकाे अबस्थामा सहयाेग गर्नु भएकाेमा धन्यबाद दिनु भएको छ । ईजराईलबाट देब बास्कोटाको पहलमा अन्य युवाहरु संग रकम संलन गरेर पिपिई सेट ६ सेट , पल्स अक्सीमिटर १० सेट, अक्सीजन माक्स १० सेट, फेस सिल्ड ५० सेट ,स्क्रप केमिकल ५ जार, अक्सीजन रेगुलेटर ५ पिस, सेनिटाईजर १५ लिटर माक्स २सय ५० पिस गरि १ लाख रुपैयाकाे स्वास्थ्य सामाग्री अस्पतालले बुझेको अस्पतालका डाक्टर अनुपम घिमिरेले बताउनु भयो ।

कोरोना महामारीको समयमा जिल्ला अस्पताल तेह्रथुमलाई ईजरायलमा रहनु भएका तेह्रथुमेहरुले पहिलो पटक सहयोग गरेको भन्दै अस्पतालका डाक्टर घिमिरेले सहयोगी दाताहरुलाई धन्यबाद दिनु भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *