Search
Close this search box.
Search
Close this search box.

इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जनाको ज्यान गयो

दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको हो । इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको अल–मावासीमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

EPIC EPIC EPIC

हमासको आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उहाँका सहयोगी हसम शाहवानले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको समयमा आक्रमण भएको दाबी गरेको छ । यो आक्रमण उनीहरुलाई लक्षित गरेर योजनाबद्ध हत्या भएको हमासको आरोप छ ।

इजरायली सेनाले भने उनीहरुले  गाजामा आफूहरुमाथि हमासको सैन्य शाखाको योजना बनाउन मद्दत गरेको आरोप लगाएको छ ।

गाजामा सन् २०२३ , अक्टोबर ७ देखि अहिलेसम्म ४५ हजार पाँच सय ८० भन्दा धेरै मानिस मारिएका गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *