इटहरीबाट लुटपाट गर्ने सात जना पक्राउ

धरान: सुनसरीको इटहरी उपमहानगरपालिका आसपासका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ परेका छन्। इटहरीको प्रमुख धार्मिक स्थलमा पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए। 

इटहरीको तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।  झापा बाह्रदशी गाउँपालिका-३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको बेलामा बाटो छेकेर चक्कु देखाउँदै २ लाख लुटपाट गरी फरार भएका थिए। 

EPIC EPIC EPIC EPIC EPIC

पीडितहरूले इलाका प्रहरी कार्यालय इटहरी निवेदन दिएपछि प्रहरी परिचालन गरी लुटेरालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका-३ को २२ वर्षीय अनिस कोइराला, १९ वर्षीय शुसन थापा, इटहरी उपमहानगरपालिका-४ को २४ वर्षीय  विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत वडा नम्बर ७ को १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री रहेका छन्। 

उनीहरूको साथबाट ३ लाख २ सय ५५ रुपैयाँ नगद, चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको डीएसपी भण्डारीले बताए। सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको  प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *