इतुम्बहालमा ५१ जना बालिकाको सामूहिक बेल विवाह

केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुईदिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाका लागि इहि एउटा विशेष संस्कार हो । 

रजस्वला हुनुअगावै गरिने संस्कारमा छोरीको उमेर बढ्यो भन्ने संज्ञाका साथ यो कर्म गरिन्छ । यो कर्ममा बेललाई साक्षी राखी छोरीलाई सुवर्णकुमारसँग विवाह गरिदिइन्छ । जसमा बुवाले छोरीको कन्या दान दिने प्रचलन रहेको छ । नेवार समुदायको बाहेक नेपालको अन्य समाजमा भने इहिको चलन छैन ।

EPIC EPIC EPIC EPIC EPIC

सो कार्यक्रमका संयोजक सुजिता शाक्यले समय मिलाउने झन्झट, बसाइँसराइ आदिले गर्दा पछिल्लो समयमा यो संस्कार गर्न कठिन भइरहेको स्थितिलाई ध्यानमा राख्दै इतुम्बहाः मिसा पुचःले बर्सेनि सामूहिक बेल विवाहको आयोजना गर्दै आएको जानकारी दिनुभयो । 

इहि गर्ने दिन बालिका दिनभर व्रत बस्ने प्रचलन छ । बेललगायत कलश, वज्र, चक्रआदिको पूजाआजा गरेपश्चात् इहि गर्ने बालिकाका बुवाले कन्यादान गर्छन् । बेल विवाह नेवार समुदायका छोरीहरूको पहिलो विवाहका रूपमा लिने गरिन्छ । यसै गरी गुरुजुहरूको धारणा अनुसार छोरीलाई शीलमा राख्न, उनीहरू ठुलो भएको महसुस गराउन र गृहस्थी जीवन प्रवेशको ज्ञान दिलाउन इहि गरिन्छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *