Search
Close this search box.
Search
Close this search box.

इन्जिनियर थापाद्वारा ३० लाख मुल्य बराबरको जग्गा निःशुल्क दिने घोषणा

पालिका सन्देश । इलाम–झापा मैत्री समाजको भवनका निर्माण गर्नका लागि इन्जिनियर महेन्द्र थापाले निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् ।

हालै इलाम–झापा मैत्री समाजले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै इन्जिनियर थापाले ईलाम– झापा मैत्री समाजलाई आफ्नो कार्यालय भवन बनाउनका निम्ति बिर्तामोडमा करिब ३० लाख मूल्य पर्ने १० धुर जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

निःशुल्क जग्गाबाहेक थापाले आफ्ना स्व. माता पिताको स्मृतिमा सो संस्थाको भवन निर्माणका लागि नगद ५० हजार र सोही संस्थाको अक्षयकोषका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

उनले बिगत लामो समयदेखि नै विभिन्न संघ संस्थामार्फत सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् । ईलाम बजारमा आगलागी हुँदा समेत सहयोग गरेका थिए । त्यस्तै कोरोना कहरका बेलामा भएको लकडाउनमा झापाको दमक तथा मोरङको उर्लाबारीदेखि पथरीसम्म एक महिने निःशुल्क खाना खुवाउने अभियानसमेत थापाले संचालन गरेका थिए ।

उनी इलामका सुपरिचित समाजसेवी, राजनीतिज्ञ तथा ब्यवसायी नारायण थापाका कनिष्ट सुपुत्र हुन् । इलामको फाकफोकथुम गाउँपालिका कोल्बोटेमा जन्मेर इलाम नगरपालिका स्थाई घर भएका थापाले ईलाम आदर्श माध्यमिक बिद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेका थिए । उनले भारतको बेङ्गलोर विश्वविद्यालयबाट ईन्जिनियरिङ विषयमा स्नातक गरेका हुन् । थापा परिवारकै सम्पूर्ण लगानीमा झापाको कन्काई माईधाममा रहेको मूल मन्दिरसमेत निर्माण भएको त्यहाँ भएको शिलालेखमा उल्लेख छ ।

साना ठुला सामाजिक कार्यहरुमा सहयोग गर्ने थापाले जहाँ रहे पनि इलामको बारेमा चासो लिँदै आएका छन् । इलामको विकास र सम्बृद्धि कसरी गर्न सकिन्छ भनेर आफ्ना दृष्टिकोणहरु बिभिन्न टेलिभिजन, युट्युब र अनलाईन माध्यमबाट उनले प्रस्तुत गर्दै आएका छन् ।

बैकल्पिक राजनीतिक चिन्तन, विचार र सोचका अभियन्ता थापा हाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सदस्यको जिम्मेवारीमा छन् । उनी यसअघि विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रमुख तथा केन्द्रीय कार्यसम्पादन सचिवालयका पदाधिकारी रही राजनीतिक गतिबिधिमा सक्रिय रहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *