Search
Close this search box.
Search
Close this search box.

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्।

पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए। ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो ।

उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् । इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् ।

तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो।  पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए ।

नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ । स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *