काठमाडौं। नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।
निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
घटेको मूल्य बुधवार राति १२ बजेदेखि लागू भएको छ । मूल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ रुपैयाँ भएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची घटेर आएकोले मूल्य घटाएको जानकारी दिएको छ ।