इलामका दुई पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै

इलाम । गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सूर्योदय नगरपालिकाले कृषि एम्बुलेन्सका लागि यो वर्ष २० लाख रुपियाँ छुट्याएको छ । विभिन्न सहकारी संस्था, नीजि फार्म तथा कृषक समुहहरुसँग लागत साझेदारीमा काम गर्नेगरी कृषि एम्बुलेन्सको अवधारणा ल्याइएको नगरपालिकाको आर्थिक समिति संयोजक देवेन्द्र आचार्यले बताए ।

‘गाउँमा व्यापारीहरु जाने र इस्कुस अथवा काँक्राजस्ता एक किसिमको मात्र तरकारी खरिद गरेर उठाउने गरेका छन् । त्यही किसानकोमा फलेको रुख टमाटर, कुरिलो, गोलभेडाजस्ता अन्य तरकारी नलाने हुँदा नस्ट भएर गएको अवस्था छ’ आचार्यले भने ‘टोल विकास संस्थाहरुलाई परिचालन गरेर नस्ट हुने त्यस्ता रैथाने जातका तरकारीहरु संकलन गर्ने र बजार सम्म लग्न यो अवधारणा ल्याइएको छ ।’

EPIC EPIC EPIC

सूर्योदयले यो कार्यक्रमलाई कुनै एक वडाबाट मोडेलको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्ष मोडेलको रुपमा सञ्चालन गरेर त्यसको नतिजा हेरेपछि अर्को वर्ष कार्यक्रम विस्तार गर्ने योजना रहेको संयोजक आचार्यले सुनाए । ‘आयातित तरकारीभन्दा स्थानीय जातका रैथाने तरकारीलाई छुट्टै बजारको व्यवस्थापन गरेर अर्गानिक तरकारी उपभोक्तासम्म पुगाउने र किसानलाई आर्थिक रुपमा सहयोग गर्ने योजना छ’ आचार्यले भने ।

रोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्सका लागि गाडी खरिदमा २५ लाख रुपियाँ बिनियोजन गरेको जनाएको छ । रोङ गाउँपालिकाका सबै वडामा सहज ढंगले दैनिक रुपमा यातायात सञ्चालन हुन कठिनाइ भएकाले गाउँका किसानलाई सुविधा प्रदान गर्न कृषि एम्बुलेन्सको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताएका छन् । गोप

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *