Search
Close this search box.
Search
Close this search box.

इलामको लुम्देमा पिकअप भिरबाट खस्दा २ जनाको मृत्यु

फिक्कल । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा गएराति पिकअप पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई ९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका ११ सोयाक निर्फुकका नविन वुलुन रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

माई नगरपालिकाबाट सामान लिई गएको को २ च १५ नम्बरको पिकअप लुम्देबाट तरकारी बोकेर फर्कने क्रममा थुम्कीडाँडावाट करिब ३ सय मिटर तल खसेको थियो ।

रात परेको कारण दुवै जनाको शवलाई भिरवाट निकाल्न नसकिएको घटनास्थलमा रहेका नेकपा फाकफोकथुम गाँउपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए ।खनालका अनुसार दुर्घटना भएको क्षेत्रमा सवारीसाधनको सुरक्षाको लागि करिब ५ फुटको बार लगाइएको भए पनि पिकअपले त्यसलाई नछोइ भिरबाट तल खसेको थियो ।

गम्भीर घाइते भएका माई(१ का विकास तामाङलाई उपचारका लागि ईलाम ल्याइएको सवारीधनी सचिन राईले जानकारी दिए ।राईका अनुसार ब्रेकफेल भइ अनियन्त्रित हुँदा सडकबाट पिकअप खसेको थियो । मृतकहरुमध्ये एक जना गाडीभित्र चेपिएका छन् भने एक जना भिरमा नै अड्किएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *